नक्कली प्रचन्डको ‘नेता निवास’

काठमाडौं । नक्कली प्रचन्ड नामले पारीचित हास्य कलाकार घनश्याम गौतम टेलिभिजन कार्यक्रम मार्फत आउने तयारी गरिरहेका छन । उनले इमेज टेलिभिजनमार्फत कमेडी शो ल्याउन लागेको जानकारी प्राप्त भएको छ । घनश्यामले ‘नेता निवास’ शीर्षकको कार्यक्रम ल्याउन लागेका हुन् । उनले ल्याउन लागेको कमेडी नेताहरु तर्फ नै केन्द्रित हुने छ । उनलाई कलाकार सुरेश तिमल्सिना निर्देशन सहयोग गर्नेछन् भने लेखन तथा निर्देशन कलाकार घनश्याम गौतमले गर्नेछन् ।

प्रतिक्रिया