बाबुको अनुमती बिनै भएको काजल-अजय विवाह

भारतीय कलाकारद्वय काजल र अजय देवगनको जाेडी लाेकप्रिय र सफल जाेडीका रुपमा चिनिन्छ । उनीहरुकाे क्रेज प्रसंसकहरुमा विशेष छ । यि दुईले २४ फेब्रुअरी १९९९ मा विवाह गरेका थिए । उक्त समय यो जोडीको विवाहले धेरै नै चर्चा पाएकाे थियाे । विवाहको दुई दशकपछी काजलले उनीहरुको विवाहमा आएको समस्याको बारेमा बोलेकी छन् ।

उनका अनुसार काजल त्यसबेला अजयसँग विवाहको लागि तयार भएकी थिईन, उनी जम्मा २४बर्षकी थिईन । यही कारण उनका बाबु निर्देशक शोमु मुखर्जीले असन्तुष्टि जनाएका थिए । उनी छोरीले केही समय काम गरेर मात्रै विवाहको निर्णय गरोस भन्ने चाहन्थे । तर उनकाे केही लागेन । आमा अभिनेत्री तनुजाका साथका कारण बाबुको असहमतिका बावजुद यी दुईले विवाह गरे ।

विवाह अघि अजय-काजलको प्रेमले फिल्म जगत नै तताएको थियो । धेरै फिल्ममा एक साथ काम गरेका काजल र अजय ‘तानाजी – द अनसँग वारीयर’ मा लामो समय पस्चात एकसाथ देखिएका थिए ।

प्रतिक्रिया