घरमा झमेला हुँदा घर नै भत्काइदिने ?

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले घरमा झमेला हुँदा घरै भत्काएको टिप्पणी गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजित ‘राजनीतिक पार्टीहरूको अन्तरक्रिया’ लाई सम्बोधन गर्दै नेपालले यस्तो टिप्पणी गरेका हुन् । यस्तै उनले ओलीले संविधान विरोधी काम गरेको पनि औंल्याए ।

‘यो संविधान विरोधी कदम हो । यसले लोकतन्त्रका मूल्यमान्यतामाथि प्रहार गरेको छ । यो प्रतिगामी कदम पनि हो’, अध्यक्ष नेपालले भनेका छन् ।

ओलीले पार्टीभित्र काम गर्न दिइएन भनेर भनेको स्मरण गर्दै अध्यक्ष नेपालले ओलीसँग विध्वंसात्मक प्रवृत्ति रहेको औंल्याए । उनले भने, ‘पार्टीभित्र काम गर्न दिइएन । घेराबन्दीमा पार्न खोजियो, देखाइदिएँ । न प्रतिनिधि सभा रहन्छ, न म मलाई गिराउँछन् भन्ने हिसाब प्रतिनिधि सभा विघटन गरियो । घरमा झमेला भएकोले घर नै भत्काइदिने?’

प्रतिक्रिया