प्रदेश खारेज गरौँ, केन्द्र र स्थानीय तह मात्रै राखौं : राजेन्द्र लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङ्देनले राष्ट्र प्रमुखमा राजालाई राख्ने गरी नयाँ सम्झौता प्रस्ताव गरेका छन् । शुक्रबार राप्रपाले झापामा गरेको प्रदर्शनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘अब प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था हुनुपर्छ’, उनले भने, ‘समानुपातिक सांसदले मन्त्री हुन नपाउने व्यवस्था लागू गर्न आवश्यक छ ।’

नेता लिङ्देनले प्रदेश तहलाई खारेज गरेर केन्द्र र स्थानीय तहलाई बलियो बनाउनु पर्ने पनि बताएका छन् । उनले पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र हुनुपर्ने, पूर्व तथा सबै कर्मचारी र दलका नेताको सम्पत्ति छानबिन गर्न उनले माग गरेका छन् ।

प्रतिक्रिया