सकियो नेतृत्व विकास तालिम

चितवन । खैरहनी नगरपालिकाले नगरभित्रका महिलाहरुलाई नेतृत्व तथा क्षमता विकास तालिम प्रदान गरेको छ ।

पुष १३ गते सुरु भएको तालिमको शुक्रबार समापन गरिएको हो । प्रत्येक वडाबाट दुई-दुई जना महिलाहरु तालिममा सहभागी थिए । तालिमको समापन गर्दै खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीले तालिमले नेतृत्व तहमा पुग्न महिलाहरुलाई मद्दत गर्ने विश्वास व्यक्त गरे । तालिमलाई व्यवहारमा समेत उतार्न उनले सहभागीहरुलाई आग्रह गरे ।

वडास्तरका संघसंस्था, टोल विकास संस्था र क्लबका ३० जना महिलाहरु सहभागी तालिममा नगर उपप्रमुख सुनिता थपलिया, प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त न्यौपाने, सामाजिक विकास समिति संयोजक मनेजर महतो, महिला तथा वालवालिका शाखा प्रमुख कृष्णकुमारी गुरुङ, शाखा उपप्रमुख विमला रानाभाट, साना किसान कृषि सहकारी संस्था खैरहनीका व्यवस्थापक चन्द्रबहादुर लामिछानेले प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया