‘माइतीघरमा प्रचण्डज्यूले एउटा कचौरा पनि राख्नुपर्थ्यो !’

काठमाडाैं । नवनियुक्त शिक्षामन्त्री कृष्णगाेपाल श्रेष्ठले मूलधारकाे नेकपा आफ्नाे समूह भएकाे दाबी गरेका छन् । ललितपुर महानगरपालिकास्तरीय बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा उनले यस्ताे बताएका हुन् ।

भेलामा उनले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई फकाउनका लागि अध्यक्ष बनाएकाे टिप्पणी समेत गरे । उनले भने, ‘मैले कतै सुनेको थिएँ । अहिले प्रचण्डले फकाउनको लागि माधवकुमार नेपाललाई उही वरीयताको अध्यक्ष बनाएको रे । मैले आफैँले भनेको होइन है मैले कतै सुनेको मात्रै हो ।’

यस्तै मन्त्री श्रेष्ठले माइतीघर मण्डलाकाे प्रदर्शनमा प्रचण्डले कचाैरा पनि राख्नुपर्ने भन्दै व्यंग्य समेत गरेका छन् । उनले भने,  ‘ओलीको साथ छोडेर माइतीघरमा आएर बस्नुभएछ हाम्रो कार्यकारी अध्यक्ष । मलाई त के लागेको थियो भने उहाँलाई त्यो ठाउँमा एउटा कचौरा पनि राख्नुपर्थ्यो ।’

प्रतिक्रिया