नेपालमा व्यापक बजार लिँदै जावा, यस्ताे छ मूल्य र विशेषता

काठमाडाैं । करिब तीन महिनाअघि नेपाल भित्र्याइएकाे जावाले व्यापक बजार लिन सुरू गरेकाे छ । सर्वसुलभ मूल्य तथा विभिन्न सुविधाजनक विशेषताका कारण यसकाे बिक्रि तथा माग बढेकाे हाे ।
क्लासिक लिजेन्ड्सले जावा माेटरसाइकल नेपाल प्रवेश गराएकाे हाे । महिन्द्रा टु व्हीलर्स एन्ड जेनेरेटर्सको आधिकारिक बिक्रेता अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिसँगको सहकार्यमा डिलरशीपका बिक्री कक्षहरू समेत उद्घाटन भइसकेका छन्, कति हुने क्रममा छन् ।
कम्पनीले जावा सिगंल च्यानल एबीएस मोडलको मूल्य रु ६ लाख ४८ हजार ५०० ताेकेकाे छ । यस्तै यसको अर्को भेरियन्ट जावा डुअल च्यानल एबीएसको मूल्य रु ६ लाख ७६ हजार ५०० ताेकिएकाे छ । यसैगरी जावा–फोर्टी टु सिंगल च्यानल एबीएस र जावा–फोर्टीटु डुअल च्यानल एबीसीएसको मूल्य क्रमशः ६ लाख २० हजार र ६ लाख ४८ हजार रहेको छ ।
मोटरसाइकलमा ओडोमिटरका लागि डिजिटल रिड आउट, लिक्विड कुलिङ्ग टेक्नोलोजी, रेडिएटर, फ्यूल इन्जेक्शन, क्याटालिक कन्भर्टरजस्ता मोर्डन फिचरहरू छन् । साथै, यसमा हलोजेन हेडल्याम्प, टेलल्याम्प र बेल्ली प्यान पनि राखिएकाे छ । यसकाे २९३ सीसी, सिङ्गल सिलिन्डर, लिक्विड कुल्ड इन्जिन रहेकाे छ ।
कम्पनीका अनुसार यसमा लगाइएको डीओएचसी इन्जिनले २७ बीएच पावर र २८ एनएम टर्क जेनेरेट गर्छ । यसमा सिक्स स्पीड ट्रान्समिसन जडान गरिएको छ । यस बाइकमा सिङ्गल च्यानल एबीएस सिस्टम दिइएको छ । बाइकमा पछाडि १८ इन्च र अगाडीकाे ह्वील १७ इन्चको रहेको छ ।
नेपालमा विभिन्न रंगमा जावा माेटरसाइकल उपलब्ध छ । जावा ब्ल्याक, मरुन र ग्रे गरी तीन रंगका भेरियन्टमा उपलब्ध हुने कम्पनीले जनाएकाे छ । यसैगरी जावा फोर्टी टु ल्युमस लाइम, ह्पालिज् टिल, गलार्टिक ग्रिन, स्टारलाइट ब्लु, कमेड रेड र नेबुला ब्लु गरी ६ रंगका भेरियन्ट उपलब्ध हुनेछ ।
कम्पनिका अनुसार उक्त माेटरसाइकल खरिदका लागि मोटो इंकका नजिकका आधिकारिक शाेरूम तथा काठमाडौंको उत्तरढोका र टेकुस्थित पूर्णतः नयाँ जावा शोरुमहरूसहित नेपालका प्रमुख सहरहरूमा सम्पर्क राख्न सक्नेछन् ।








