‘प्रचण्डले प्रधानमन्त्री चाहियो भनेर सडकमा लडिबुडी खेल्दै हुनुहुन्छ’
२०७७ पुस १५ गते

तस्विर : मकालु खबर/धनबल राई
काठमाडाैं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई अस्थिरतातिर धकेलेकाे आरोप लगाएका छन् ।
यस्तै उनले प्रचण्डले प्रधानमन्त्री चाहियो भनेर सडकमा लडिबुडी खलेकाे समेत टिप्पणी गरे ।
‘प्रचण्डजीले मुलुकलाई अस्थिरतातिर धकेलिरहनु भएकाे छ । अहिले प्रधानमन्त्री चाहियो भनेर उहाँ सडकमा लडिबुडी खेलिरहनु भएकाे छ, महाविपत्ति ल्याउनु भएको छ,’ मन्त्री भट्टले बुधबार केपी पक्षको भेलामा भने ।
यस्तै मन्त्री भट्टले समाजमा बसेर समाजवाद नआउने पनि बताए । मन्त्री भट्टले सम्बाेधनका क्रममा प्रचण्डले ओलीको स्वास्थ्य अवस्था हेरेर पार्टी एकता गरेको आरोप समेत लगाए । ‘अरुको मृत्युमा आफ्नो जीवन देख्नुहुन्न’, उनले भने ।
२०७७ पुस १५ गते
प्रतिक्रिया
सम्बन्धित








