आफ्नो पद सुरक्षित गर्न नेपाल-दाहाल सडकमा आए : निरुदेवी पाल

काठमाडाैं । बानेश्वरकाे कार्की बैंक्वेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले राखेकाे वृहत् कार्यकर्ता भेला सुरू भएकाे छ ।
बुधबार आयोजित भेलामा उद्योगमन्त्री लेखराज भट्ट, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्ना, वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले, श्रममन्त्री गौरीशंकर चौधरी, प्रतिनिधि सभाकी सांसद निरूदेवी पाल लगायतको पनि उपस्थिति रहेको छ ।
भेलामा जम्मा हुनुअघि ओली समर्थकहरूले बानेश्वरमा प्रदर्शन गरेका थिए । भेलामा सांसद पालले आफ्नो पद सुरक्षित गर्न नेपाल-दाहाल सडकमा आएकाे टिप्पणी गरिन् । यस्तै उनले आफूहरु सत्तामा बसेर जनताको सेवा गर्ने पनि बताइन् ।
‘सत्तारुढभित्रको प्रतिपक्षी आफ्नो पद सुरक्षित राख्न सडकमा छन् । ४ महिना पनि कुर्न सकेनन् । उहाँहरुको जागिर खोसिएको छ । अब जागिर खोज्न पुनः जनतामा जानुपर्ने कुरा खोइ बुझेको ?’, ओलीनिकट नेतृ पालले भनिन्, ‘जे गर्नुभएको छ राजनेता केपी ओलीज्यूले ठीक गर्नुभएको छ ।’
भेलामा प्रधानमन्त्री स्वयम् सहभागी हुँदैछन् । उनी एकछिनमा आइपुग्ने त्यहाँ सहभागी नेता/कार्यकर्ताले जानकारी दिए ।








