मुख्यमन्त्री पौडेललाई हटाएर शाक्यलाई चयन गर्दै पेरिसडाँडा बैठक
२०७७ पुस १५ गते

|नेकपा नेतृ अष्टलक्ष्मी शाक्य। तस्वीरः फाइल|
काठमाडौं । सत्तारूढ नेकपामा जारी किचलाेका बिच अहिले दाहाल-नेपाल समूहकाे बागमती प्रदेश प्रदेशसभा संसदीय दलको बैठक पार्टी कार्यालय पेरिसडाँडामा जारी छ । बैठकले डोरमणि पौडेललाई हटाएर उनकाे ठाउँमा स्थायी कमिटी सदस्य तथा प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यलाई चयन गर्नेछ ।
यसअघि दाहाल-नेपाल समूहले प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव पेस गरिसकेको छ । आज (बुधबार) ११ बजे जनसंगठनको कार्यालय पेरिसडाँडामा बैठक बसिरहेको छ ।
संसदीय दलको बैठक नबस्दा धेरै निर्णयहरु प्रभावित भएको भन्दै उनले बैठक बोलाएकी हुन् । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध गत १० पुषमा अविश्वासको प्रस्ताव दर्ता भएको छ । जसमा भावी मुख्यमन्त्रीको रुपमा उनै शाक्यलाई प्रस्ताव गरिएको छ ।
२०७७ पुस १५ गते
प्रतिक्रिया
सम्बन्धित








