ओलीले ‘२० महिनामा मर्छु’ भनेपछि…

काठमाडाैं । संसद विघटनपछि अहिले राजनीतिक वृत्त तातिनुका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना भइरहेको छ । दिनहुँजसाे माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड पक्षधरले ओलीकाे कदमकाे विराेध गर्दै प्रदर्शन गरिरहेका छन् ।

यसैबीच मंगलबार नेपाल-दाहाल पक्षकाे विराेध सभा राख्याे । सभामा प्रचण्ड, माधव, नारायणकाजी, झलनाथ लगायत पार्टीका शीर्ष नेताहरूले आ–आफ्नो धारणा व्यक्त गरे । अधिकांशले प्रधानमन्त्रीकाे कदमकाे निन्दा गरे ।

यसैबीच साेही पक्षका नेता एवम् स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पनि विराेध सभामा प्रम ओलीकाे कडा आलोचना गरे । प्रधानमन्त्रीले २० महिनामा मर्छु भनेर पार्टी एकता गरेको र अहिले पार्टीलाई विघटनको माेडमा ल्याएको टिप्पणी गरे ।

‘प्रधानमन्त्री ओलीले प्रचण्डलाई भेटेर आफू १८–२० महिनामै मर्छु भनेर पार्टी एकता गर्न बाध्य बनाउनु भयाे । हदै भए २२ महिना बाँचुला, पार्टी कल्लाई जिम्मा लाउने भनेर छटपटाएको बेला तपाईंजस्तो नेता पाए,’ नेता पाण्डेले भने, ‘तपाईंलाई नेता पाएर बल्ल ढुक्क भएँ भन्नुभएकाे थियाे ।’

यस्तै नेता पाण्डेले प्रधानमन्त्री ओली अनेक प्रपञ्च र छलछाम गर्न सिपालु भएको आरोप समेत लगाए । उनले भने, ‘उहाँले हुँदै नभएको अधिकार प्रयोग गरेर संसद विघटन गर्नुभयो । आफ्नो सेटिङमा होइन, अरूको सेटिङमा हाे ।’

प्रतिक्रिया