मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ । मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वाेच्च अदालतमा रिट दायर भएकाे छ ।

प्रतिनिधि सभा विघटन गरि निर्वाचन घाेषणा गरेकाे सरकारले मन्त्रिपरिषद् विस्तार गर्न नमिल्ने दाबीसहित वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले मंगलबार सर्वाेच्च अदालतमा रिट दायर गरेका हुन् । उनले दायर गरेकाे रिटमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाइएकाे छ ।

उक्त निवेदनमा कामचलाउ सरकारले मन्त्रिपरिषदमा नयाँ नियुक्ति, हेरफेर र कार्यविभाजन गर्न नसकिने उल्लेख छ । अधिवक्ता त्रिपाठीले गएकाे पुस १० गते प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषदमा गरिएको नयाँ नियुक्ति, हेरफेर र कार्यविभाजन बदर गर्न समेत माग गरेका छन् ।

यसअघि लोकेन्द्र बलीसहितले रिट दायर गरेका थिए । सो रिटको बुधबार (भोलि) पेसी तोकिएको छ ।

पार्टी फुटेकाे घाेषणा नगरिए पनि प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि नेकपा दुई समूहमा विभाजन भएकाे छ । विभाजनपछि नेपाल-दाहाल पक्षले असंवैधानिक कदमकाे विराेध गर्दै ओलीविरुद्ध प्रदर्शन गरिरहेकाे छ ।

प्रतिक्रिया