संसद विघटनविरुद्ध नेपाल-दाहाल समूहकाे देशव्यापी विरोध प्रदर्शन (फाेटाेफिचर)

काठमाडाैं । सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल पक्षले देशभर प्रदर्शन सुरू गरेकाे छ ।
संसद विघटनविरुद्ध मंगलबार देशभर विराेध प्रदर्शन सुरू गरिएकाे हाे । प्रदर्शनमा पार्टीका शीर्ष नेताहरू माधवकुमार नेपाल, पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ लगायतकाे उपस्तिथि रहेकाे छ ।

विभिन्न जिल्लामा हुने र्यालीलाई सम्बोधन गर्न केन्द्रीय नेताहरू जिल्ला-जिल्लामा पुगेका छन् । आज आयोजित प्रदर्शनमा काठमाडौंमा मात्रै पचास हजार कार्यकर्ता उतार्ने नेपाल-दाहाल पक्षकाे दाबी छ ।

देशव्यापी आन्दोलनलाई सफल पार्न स्थायी कमिटी सदस्य युवराज ज्ञवाली वेदुराम भुसाल, पम्फा भुसाल, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, जनार्दन शर्मा, अष्टलक्ष्मी शाक्य, मुकुन्द न्यौपाने, योगेशकुमार भट्टराई र अमृतकुमार बोहराले विभिन्न ठाउँबाट जुलुसको नेतृत्व गर्दैछन् ।

नेपाल-दाहाल समूहकाे पुस ७ देखि ९ गतेसम्म बसेकाे केन्द्री कमिटीकाे बैठकले मंगलबार देशव्यापी प्रदर्शनकाे निर्णय गरेकाे थियाे । केही दिनअघि पनि उक्त समूहले राजधानीमा प्रदर्शन गरेकाे थियाे ।













