मप्रति घृणा फैलाउन कु-प्रचार गरियाे : भीम रावल

काठमाडाैं । सत्तारूढ नेकपा (प्रचण्ड–माधव समूह) का स्थायी समिति सदस्य एवम् सांसद भीम रावलले आफ्नो कुप्रचार गरेको भन्दै आक्रोश पोखेका छन् ।

एक अनलाइन सञ्चार माध्यमले ‘ओलीको शरीरमा स्त्रीको अङ्ग मिसिएको हुदा दिमागले काम गरेन’ शीर्षकमा छापेकाे समाचारप्रति उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत् भत्सर्ना गरेका हुन् ।

उनले लेखेका छन् – ‘ओलीको शरीरमा स्त्रीको अङ्ग मिसिएको हुदा दिमागले काम गरेन भनी मैले भनेको भन्दै एउटा समाचार माध्यमले गरेको कुप्रचारको भर्त्सना गर्दछु । त्यो निकृष्ट कुरा समाचार लेख्नेको दिमागको उपज हो । मप्रति घृणा फैलाउन गरिएको उक्त कुप्रचारको घोर निन्दा गर्छु । म राजनीतिक भाषा र तथ्यमा विश्वास गर्छु ।’

अहिले नेकपा विभाजनकाे अवस्थामा छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेकपा दुई समूहमा विभाजन भएको हो । दुई समूहबीच एक अर्कालाई आक्षेप लगाउने, आफू आधिकारिक भन्दै आ–आफ्नो ढंगले विभिन्न निर्णयहरु गर्ने क्रम बढिरहेकाे छ । यसै सन्दर्भमा ओलीको विरोध गर्दै आज नेपाल–दाहाल समूहले प्रदर्शन गर्दैछ ।

प्रतिक्रिया