चितवनमा कांग्रेसकाे प्रदर्शन, अन्तै निर्वाचन क्षेत्र खोज्न प्रचण्डलाई आग्रह

चितवन । नेपाली कांग्रेस चितवनले जिल्लाका तीन वटा निर्वाचन क्षेत्रमा आज विरोध प्रदर्शन गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कम्युनिष्ट सरकारले गरेको प्रतिनिधि सभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्धमा कांग्रेसले चितवनका तीन वटा निर्वाचन क्षेत्रमा एकसाथ प्रदर्शन गरेको हो ।
केन्द्रीय कार्यक्रम अन्तर्गत चितवन क्षेत्र नं.१ अन्तर्गत पूर्वी चितवनको खैरहनीस्थित चौविसकोठी पर्सा, क्षेत्र नं.२ अन्तर्गत भरतपुरको चौविसकोठी र क्षेत्र नं।३ अन्तरगत चनौली बजारमा प्रदर्शन गरेको हो ।
भरतपुरमा आयोजित प्रदर्शनमा कांग्रेस जिल्ला सभापति जितनारायण श्रेष्ठले चितवनबाट चुनाव लड्न प्रचण्डको कुनै ठाउँ नभएको भन्दै अर्को निर्वाचन क्षेत्र खोज्न आग्रह गरे । उनले कांग्रेसको समर्थनमा छोरीलाई जिताएर मेयर बनाउँदा गरिएको बाचा सम्झदै अब प्रचण्डलाई कांग्रेसले साथ नदिने उद्घोष गरे ।








