नेकपाको उद्धारका लागि नेपाल आएको चिनियाँ टोली र माधव नेपालबीच भेटवार्ता

काठमाडौं । नेपाल भ्रमणमा आएको चिनियाँ कम्युनिष्ट पार्टीकाे टाेलीले आज (सोमबार) नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेकाे छ ।

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष समेत रहेका नेता नेपालसँग चिनियाँ नेकपाकाे अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चार सदस्यीय टोलीले बानेश्वरको एभरेष्ट होटलमा भेटवार्ता गरेकाे हाे । भेटवार्ता जारी रहेकाे छ ।

आइतबार काठमाडौं आएको चिनियाँ टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरिसकेको छ भने आज साे टाेलीले खुमलटार पुगेर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकाे थियाे ।

टोलीले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेतालाई पनि भेट्ने कार्यक्रम रहेकाे छ ।

नेकपा विभाजित अवस्थामा पुगेकाे याे समयमा चिनियाँ नेकपाकाे भ्रमण अर्थपूर्ण रूपमा हेरिएकाे छ ।

प्रतिक्रिया