प्रहरी र विप्लव समूहबीच संखुवासभामा गोली हानाहान

काठमाडौं । संखुवासभामा प्रहरी र नेत्रविक्रम चन्द (विप्लव)नेतृत्वको समूहबीच गोली हानाहान भएको छ ।

संखुवासभाको चैनपुर–४, मैदानेमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीमाथि लक्षित गरी विप्लव समूहका कार्यकर्ताले फायर खोलेका थिए । प्रहरीले पनि जवाफी फायरिङ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

विप्लव समूहका कार्यकर्ताले ५ राउण्ड फायरिङ गरेको र प्रहरीले पनिगोली चलाएको स्रोतले बताएको छ ।

प्रतिक्रिया