संसद् विघटनविरुद्ध जसपा सडकमा, रत्नपार्कमा बाबुरामको सम्बोधन
२०७७ पुस १२ गते

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरी आमचुनावको घोषणा गरेसँगै जसपाले विरोधमा उत्रिएको हो ।
जनता समाजवादी पार्टीले आज देशभरका प्रमुख शहरहरुमा प्रदर्शन गर्दैछ । सो क्रममा काठमाडौंमा पार्टीले मध्यान्ह १२ बजे प्रदर्शन गर्न लागेको हो । प्रदर्शनका क्रममा जसपाका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले रत्नपार्कस्थित शान्तिबाटिकामा सम्बोधन गर्दैछन् ।
सभामा महन्थ ठाकुर र अशोक राइले पनि सम्बोधन गर्नेछन् । जसपाले यसअघि मसाल जुलुस प्रदर्शन गर्नुका साथै राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाएर सरकारको कदमको विरोध गरेको थियो ।
२०७७ पुस १२ गते
प्रतिक्रिया
सम्बन्धित








