संसद विघटन गर्नुको कारणबारे सर्वाेच्चले सरकारसँग माग्यो लिखित जवाफ

काठमाडाैं । सर्वाेच्च अदालतले सरकारसँग संसद विघटन गर्नुकाे कारणबारे लिखित जवाफ मागेकाे छ ।

शुक्रबार संवैधानिक इजलासमा जारी बहसमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सरकारसँग लिखित जवाफ माग गनुपर्ने बताएका हुन् । आजको संवैधानिक इजलासमा जारी बहसमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले तत्काल अन्तरिम आदेश दिन माग गरेका थिए । अन्तरिम आदेश नदिइ कारण देखाउ आदेश जारी गरेका हुन् ।

अदालतले संसद् विघटनसम्बन्धी मन्त्रिपरिषदबाट भएको निर्णय र राष्ट्रपतिको निर्णयको सक्कल प्रतिका साथै संसदसँग सम्बन्धित आवश्यक कागजात पेश गर्न समेत आदेश दिएको छ । अधिवक्ताहरुले आवश्यक कागजात ५ दिनभित्र अदालतमा पेश गर्न माग गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते विघटनकाे निर्णय गरेका थिए । उनकाे निर्णयपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सोही दिन उक्त सिफारिसलाई सदर गर्दै संसद् विघटन भएको घोषणा गरेकी थिइन् । प्रधानमन्त्रीकाे उक्त कदम ‘असंवैधानिक’ भएको दावी गर्दै सर्वोच्चमा १२ वटा रिट दर्ता भएका थिए ।

प्रतिक्रिया