संसद विघटनविरुद्ध कांग्रेसले पुस १३ गते देशैभर आन्दोलन गर्ने

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पुस १३ गते देशैभर आन्दोलन गर्ने निर्णय गरेको छ ।

बिहीबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले संसद विघटनविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको हाे । प्रधानमन्त्रीले गएकाे आइतबार संसद विघटन गर्ने निर्णय गरेका थिए । प्रधानमन्त्रीकाे उक्त कदममा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि साथ दिएकी थिइन् ।

प्रधानमन्त्रीको उक्त कदम असंवैधानिक एवंम अलोकतान्त्रिक भएको कांग्रेससहित विभिन्न दलहरूकाे निष्कर्ष छ ।

प्रतिक्रिया