मिस युनिभर्सका उत्कृष्ट १८ छनौट, विजयीलाई १० लाख पुरस्कार

काठमाडौं । नेपाली सौन्दर्य प्रतियोगिताहरुमध्येकै सर्वाधिक धनराशि भएको मिस यूनिभर्स नेपालको उत्कृष्ट १८ छनौट भएका छन् ।

गत ७ पुषमा काठमाडौंको मेरियट होटलमा सम्पन्न एक समारोहबीच उक्त संख्याका उत्कृष्ट १८ छानिएका हुन् । मिस यूनिभर्स नेपालका लागि नयाँ फ्रान्चाइजी ब्रेभ, बोल्ड एण्ड ब्यूटिफूल प्रालिले ल्याएको यस वर्षको मिस यूनिभर्स समावेशी प्रतियोगिताको मशाल बोक्दै अघि बढ्ने अठोट अयोजकले लिएको छ ।

नीनाकान्त मन्डललाई सोसल एडेभोकेसी

यसैबीच समारोहमा उपस्थितकै भोटबाट सोसल एड्भोकेसीको रुपमा नीनाकान्त मन्डल चुनिएकी छन् । उपस्थितहरुले आफूलाई मन पर्ने प्रतियोगीको रुपमा मन्डललाई चुनेका हुन् । आयोजक प्रालिका अनुसार योसँगै मन्डल उत्कृष्ट १० परिसकेकी छन् ।

युनिभर्सलाई १० लाख

आयोजकका अनुसार नेपालमा हुने सौन्दर्य प्रतियोगितामध्येकै उत्कष्ट धनराशि यस प्रतियोगितामा हुनेछन । विजयी प्रतियोगीतले नगद रु. १० लाख हात पार्नेछिन् भने यसले लैङ्गिक विविधताको समेत वकालत गर्ने बताइएको छ ।
सौन्दर्य प्रतियोगितामा विविधता ल्याउने उद्देश्य लिएको यस प्रतियोगिताको विजेताको छनौट निर्णायक र मतदानको आधारबाट गर्ने आयोजकको जनाएको छ ।

प्रतिक्रिया