प्रचण्डजीले १७ हजार चैट पारेर के उलटफेर गर्नुभयो ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उप्रदो मच्चाएर’ आएको व्यक्ति भएको बताएका छन् । १७ हजार चैट पारेर आएका प्रचण्डले के उलटफेर गरे भन्दै उनले प्रश्न गरे ।

प्रचण्डमाथि कटाक्ष गर्दै ओलीले भने- ‘प्रचण्डजीले देशकै उलटफेर गर्छु भनेर १७ हजार मान्छे चैट बनाउनुभएको हो । क्रान्तिका नाममा देश कब्जा गर्छु भन्नुभएको हो । दुखद् परिस्थिति भए पनि उलटफेर नै गर्छन् कि भन्ने थियो । तर, अहिले परिवर्तन के मा भयो ? परिवार नातागोता आफन्त ?’

परिवर्तनको नाममा परिवार नातागोता आफन्तको स्थिति मात्रै सुदृढ गरेको प्रधानमन्त्री ओलीको भनाई थियो । ‘उहाँले के परिवर्तन गर्नुभयो, मलाई धेरै थाहा छैन छिमेकी र नजिक बस्नेलाई थाहा होला । मैले देखेको पनि छैन । उहाँमा पक्कै परिवर्तन भएको होला,’ योहो टेलिभिजनसँगको अन्तर्वार्ताका क्रममा ओलीले भने- ‘तर जसले ज्यान दिए, कुनै शहीद परिवारको बच्चो पढाउने कष्ट गर्नुभएको छ ? सन्तान गुमाएर बेसहारा भएका कसैलाई सहारा दिनुसभएको छ ?’

कारवाही गर्नु हाँस्यास्पद
उनले आफूलाई प्रचण्डले पार्टीमा कारवाही गर्नु भनेको निकै हाँस्यास्पद भएको टिप्पणी गरे । प्रचण्डभन्दा अगाडिदेखि नै आफू राजनीतिमा लागेको भन्दै अहिले उनले कारवाही गर्न नमिल्ने ओलीको तर्क छ । ‘प्रचण्डले पार्टीमा मलाई कारवाही गर्नु भनेको निकै हाँस्यास्पद भएन र ?, यो त घर भाडामा गएर बस्नेले घरबेटीलाई निकालेको जस्तै हो,’ उनले भने ।

प्रधानमन्त्री ओलीले आफूलाई कसले कहाँबाट निकाल्छ भन्ने कुराको कुनै मतलब नभएको दाबी गरेका छन् । उनले आफूले कम्युनिस्ट आन्दोलनमा गरेको त्याग र तपस्याले यो हैसियतमा पुगेको दावी गरेका छन् । ओलीले प्रचण्डले आफूलाई पार्टी अध्यक्षबाट हटाउने निर्णय चार्ली च्याप्लिनको जोक जस्तो भएको जिकिर गरे । बैंक्वेटमा भेला गरेर आफूलाई निकाल्दैमा जनताको मनबाट निकाल्न नसक्ने ओलीको भनाइ थियो ।

माधव नेपालप्रति लक्षित गर्दै ओलीले अर्कै प्रणाली र स्कुललिङबाट आएका व्यक्तिहरु पनि प्रचण्डको पछि लागेको टिप्पणी गरे । साथै उनले प्रतिनिधिसभा विघटन संसदीय व्यवस्था र संसदीय अभ्यास भएको जिकिर गरेका छन् । संवैधानिक मर्म र व्यवस्था अनुसार नै प्रतिनिधिसभा विघटन गरेको पनि ओलीको दाबी छ ।

प्रतिक्रिया