विघटनकाे तीन दिनपछि बाेल्याे संसद सचिवालय-‘ओलीविरुद्ध अविश्वासकाे मत ३:३० मा दर्ता भएकाे थियाे !’

काठमाडाैं । संघीय संसद सचिवालयले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासकाे मत दर्ता भएकाे पुष्टि गरेकाे छ ।

सो दिन १०:३० बजे संसद सचिवालय लगिएको सो प्रस्ताव कति बजे दर्ता भएको भन्ने विवाद चलिरहेकाे थियो । संसद विघटनकाे तीन दिनपछि सचिवालयले यसबारे पुष्टि गर्दै दर्ताकाे समय सार्वजनिक गरेकाे हाे ।

सचिवालयले प्रेस विज्ञप्ति जारी गर्दै भनेकाे छ- ‘पाैष ५ गतेका दिन सम्माननीय सभामुखज्यूलाई सम्बाेधन गरी विधिवत् रूपमा पेश भइ सम्माननीय सभामुखज्यूकाे ताेक आदेश भएपछि साेहि दिन अपराह्न ३:३० बजे कार्यव्यवस्था शाखा (प्रतिनिधि सभा) मा दर्ता भएकाे व्यहाेरा जानकारी गराइन्छ ।’

प्रधानमन्त्रीले संसद विघटनको निर्णय गरेपछि अहिले नेकपा दुई समूहमा बाँडिएको छ । ओली समूह र नेपाल-दाहाल समूह दुवै आफू आधिकारिक भएको र आफ्नो समूहको निर्णय नै आधिकारिक हुने भन्दै छलफलमा लागिरहेका छन् ।

 

प्रतिक्रिया