आफू ‘वैधानिक’ भएको प्रमाण लिएर निर्वाचन अयोग जाने दाहाल–नेपाल पक्ष
२०७७ पुस ८ गते

|माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड। तस्वीरः मकालु खबर|
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपला पक्ष आज आफू आधिकारिक भएको प्रमाण लिएर निर्वाचन आयोग जाने भएको छ ।
बुधबार ३ सय १५ जना केन्द्रीय समितिको हस्ताक्षरसहितको विवरण लिएर निर्वाचन आयोग जाने दाहाल–नेपाल पक्षका एक नेताले बताए ।
ती सदस्यका अनुसार केन्द्रीय सदस्यको हस्ताक्षरसहित सबै विवरण बुझाउन नेकपा नेताको टोली अहिले बिहान १०ः१५ बजे निर्वाचन आयोग जाने समय तय भएको थियो ।
यसअघि नेकपा बनेपछि ४ सय ४१ सदस्यको विवरण आयोगमा बुझाइएको थियो ।
२०७७ पुस ८ गते
प्रतिक्रिया
सम्बन्धित








