रकुल प्रीत सिंहलाई कोरोना पोजेटिभ

एजेन्सी । बलिउड अभिनेत्री रकुल प्रीत सिंहलाई कोरोना पोजेटिभ भएको छ । यसबारे उनी आफैले सामाजिक सञ्जाल मार्फत्  जानकारी गराएकी हुन् । सिंहले आफूसँग नजिक रहेका सबैलाई कोरोना जाच गर्न अनुरोध समेत गरेकी छिन् ।

अहिले आफू क्वारेनटाइनमा बसेको कुरा जानकारी गराएकी छिन् । उनले लेखेकी छिन् –‘अहिले म ठिक छु । आराम गरिरहेकी छु, ताकि फेरि सुटिङ्गमा आउँन सकु ।’ रकुलले आफूलाई कोरोना संक्रमण भएको कुरा सामाजिक सञ्जालमा सेयर गरेसँगै उनका प्रशंसकहरूले उनलाई चाडै निको होस भनि प्राथना गर्न थालेका छन् ।

उनी केहिदिन अगाडि ‘माइ डे’ को सुटिङ्गमा थिइन् । उक्त फिल्ममा उनीसँगै अजय देवगन, अमिताभ बच्चन पनि रहेका छन् । फिल्ममा उनको पाइलटको भूमिका रहेको छ । २९ अप्रिल २०२२ मा सो फिल्म रिलीज हुनेछ ।

प्रतिक्रिया