संसद विघटनविरुद्ध नेकपा सांसदहरूद्वारा सर्वोच्चमा रिट
२०७७ पुस ७ गते

काठमाडौँ । संसद विघटनविरुद्ध रिट निवेदन लिएर सत्तारूढ नेकपाका सांसदहरू सर्वाेच्चमा पुगेका छन् । मंगलबार नेकपा सांसदहरूले संसद विघटनविरुद्ध सर्वाेच्चमा रिट दायर गरेका हुन् ।
सर्वाेच्चमा नकेपाका सांसदहरू देव गुरुङ, शशी श्रेष्ठ, कृष्णभक्त पोखरेल र रामकुमारी झाँक्री पुगेका थिए । सांसद श्रेष्ठका अनुसार रिट दर्ता भइसकेकाे छ । उक्त रिटमा ९० जना सांसदहरूले सहमती जनाएका छन् ।
गत आइतबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गर्दै नयाँ निर्वाचनकाे मिति तोकेकी थिइन् । संसद विघटनपछि अहिले उक्त निर्णयकाे चाैतर्फी विराेध भइरहेकाे छ ।
२०७७ पुस ७ गते
प्रतिक्रिया
सम्बन्धित








