नारायणकाजीलाई कारबाही गरि प्रवक्तामा ज्ञवालीलाई राख्ने ओली समूहको निर्णय
२०७७ पुस ७ गते

काठमाडौं । बालुवाटारमा जारी प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षकाे केन्द्रीय समिति बैठकले नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठलाई कारबाही गर्ने निर्णय गरेकाे छ ।
पार्टी हित विपरित गतिविधि गरेको भन्दै ओली पक्षकाे बैठकले श्रेष्ठलाई प्रवक्ताबाट हटाउने निर्णय गरेको हाे ।
साथै बैठकले श्रेष्ठकाे ठाउँमा प्रदीप ज्ञवालीलाई प्रवक्ता राख्ने निर्णय गरेकाे एक नेताले जानकारी दिए ।
यता अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षकाे स्थायी कमिटी बैठक पनि जारी छ । उनीहरूले १ बजे केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । दुवै पक्षकाे बैठकमा उपाध्यक्ष वामदेव गाैतम र गृहमन्त्री एवम् सचिवालय सदस्य रामबहादुर थापा बादल भने सहभागी भएका छैनन् ।
२०७७ पुस ७ गते
प्रतिक्रिया
सम्बन्धित








