केजिएफ २ को टीजर रिलीज मिति घोषणा

एजेन्सी । चलचित्र केजिएफ २ का निर्देशक प्रशांत नीलले आगामी चलचित्रको नयाँ पोष्टर सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । चलचित्रको नयाँ पोस्टर ट्विटरमा पोष्ट गरेसँगै टिजर रिलीज मिति पनि घोषणा गरेका छन् ।

उक्त चलचित्रको टिजर ८ जनवरी २०२१ मा रिलिज गरिने भएको छ । उक्त समाचारले केजीएफका प्रशंसकहरू उत्साहित भएका छन् ।

प्रशांतले सार्वजनिक गरेको उक्त पोष्टरमा यश कुर्सीमा बसिरहेको र क्यामेराबाट टाढा हेरिरहेको देखिएको छ । साम्राज्यको एक झलक जनवरी ८ मा सार्वजनिक गरिने भएको छ ।

चलचित्र केजीएफ २ पूरा हुन लागेको छ । प्रशान्तले शनिबार ट्विटरमा आफ्ना प्रशंसक र अनुयायीहरूलाई डिसेम्बर २१ मा एक नयाँ अपडेट दिने जानकारी गराएका छन् । उनले त्यो दिन पनि नजिकै आइसकेको बताएका छन् ।

प्रतिक्रिया