सिङ्गिङ स्टारको टप टेनमा पर्न सफल सुमनलाई भोट गर्न आग्रह

धरान । सिङ्गिङ स्टारको टप टेनमा पर्न सफल गायक सुमन राईलाई अत्याधिक भोट मार्फत विजयी गराउन आग्रह गरिएको छ ।
लाइफ अफ ओके टेलिभिजनबाट प्रशारित रियालिटी शो सिङ्गिङ स्टारमा आफ्नो माधुर्य स्वरबाट निर्णायकको मन जित्न सफल गायक सुमन धरानका हुन् । हरेक शुक्रबार तथा शनिबार लाइफ अफ ओकेको उत्कृष्ट १० पछिको यात्रा भोटिङबाट हुने भएकोले दर्शकको मतका आधारमा प्रतिष्पर्धी फाइनल चरणमा पुग्नेछन् ।
सिङ्गिङ स्टारको संभावित विजेताका रुपमा सुमनलाई लिइएको छ । उनमा भर्सटायल गायकी रहेको निर्णायकले बताइरहेका छन् । तथापि, फाइनलसम्म पुग्नकालागि दर्शकको भोटिङ निर्णायक रहेको छ । ‘उत्कृष्ट १० मा पर्न सफल भएको छु, योभन्दा अगाडी जानकालागि मलाई दर्शकको मत आवश्यक रहेको छ । मलाई दर्शकले आफ्नो मोवाइलको खल्ती एपमा गएर ००२६ मा भोट गर्न सक्नु हुनेछ ।’ गायक सुमनले भने ।
सुमनले नेपाली गीत संगितमा राम्रो सफलता हासिल गर्न सक्ने भएकाले नेपाल तरुण दललेसमेत सुमनकालागि भोट मागिरहेको छ । तरुण दल सुनसरी क्षेत्र नं। १ का अध्यक्ष सम्पूर्ण ताम्राकारले पनि गायक सुमन राईमा नेपाली सांगीतिक क्षेत्रका लागि महत्वपूर्ण योगदान गर्न सक्ने खुवी रहेको बताउँदै भोट गर्न आग्रह गरे । ‘नेपाली गीत संगितलाई माथि उकास्न उनले काम गर्न सक्छन् ।’ ताम्राकारले भने ।
रियालिटी शोमा भर्चुवल माध्यमबाट प्रतिष्पर्धीले आफ्नो प्रस्तुति दिइरहेका छन् । प्रतियोगिताको निर्णायकहरुमा प्रकाश तिमल्सिना, मञ्जु उपासना र मनोज माले रहेका छन् ।








