दुवैतिरको प्रतिवेदन फिर्ता भएपछि मात्रै अध्यादेश फिर्तीको प्रक्रिया अघि बढ्ने हो ?

कामठाडौं । प्रधानमन्त्री एवम् सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली अहिले पार्टी कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगेका छन् ।

१० बजेर ४७ मिनेट जाँदा खुमलटार पुगेका ओली र दाहालबीच अहिले वार्ता भइरहको छ । गत २८ कात्तिक र १३ मंसिरको प्रतिवेदनले निम्त्याएको पार्टी संकटलाई गत ३० गते ओलीले आफूअनुकूलल जारी गराएको अध्यादेशले थप बढावा दिएको नेताहरुको बुझाइ छ ।

यसअघि हिजै पनि ओली–दाहालबीच भेटवार्ता भएको थियो । भेटमा ठोस कुनै निष्कर्ष ननिक्लिएपनि सहमति जुटाउने प्रयास भने भएको दाहालका प्रेस संयोजक विष्णु सापकोटाले बताएका थिए । हिजैको भेटवार्तामा दाहालले आफू पटक–पटक बालुवाटार नआउने छनक दिएपछि ओलीले दाहाललाई ‘म चिया खान खुमलटार नै आउँछु’भनेर भनेका थिए ।

त्यसो त पार्टीले भोलि जारी स्थायी कमिटीको अर्को बैठक डाकेको छ । बैठकको पूर्वसन्धयामा प्रधानमन्त्रीले दाहाललाई उनकै निवासमा गएर भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यसअघि गत १ गते स्थायी कमिटी बैठक बसेको थियो । १ बजेका लागि निर्धारण गरिएको बैठकमा ओली उपस्थित भएका थिएनन् । त्तपश्चात् दाहालले ओलीलाई भेटेर अध्यादेश फिर्ता लिने र दाहाल–नेपाल पक्षले संसदको विशेष अधिवेशनको आह्वान गर्दै शीतल निवास पुर्याएको ८३ वटा हस्ताक्षर फिर्ता गर्ने सहमति भएको थियो । त्यसपछि पुनः ४ बजे बैठक बसेको थियो । बैठकमा ओलीले आफूले अध्यादेश फिर्ता गर्ने बताए पनि फिर्ती प्रक्रिया भने अघि बढाएका छैनन् ।

बुझिएअनुसार ओलीले दुवै प्रतिवेदन फिर्ता भएपछि मात्रै अध्यादेश फिर्ता लिने मनसाय बनाएका छन् । तर, दाहाल त्यो हुन दिने पक्षमा छैनन् । उनले हिजै पेरिसडाँडामा भनेका छन् कि– ‘ओलीले अध्यादेश फिर्ता लिएनन् भने थप कमद चाल्नुपर्छ ।’

यसअघिको दाहालको अध्यादेश फिर्ता किन भएन ? भन्ने प्रश्नमा ओलीले राष्ट्रपतिसँग भेटेर मात्रै फिर्ता गर्ने बताएका थिए । अब हेरौं आजको भेटवार्ताले कस्तो परिणाम देला ?

प्रतिक्रिया