बाबुराम भन्छन्- ‘केपी ओलीको धन्धुकारी हर्कत रोक्न महाअभियोग लगाऔं’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीका हर्कतलाई रोक्न महाअभियोग लगाउनु पर्ने बताएका छन् । विपक्षी नेता बैठक र वक्तव्यबाजी गरेर मात्र बस्नु नहुने भन्दै उनले प्रधानमन्त्री ओलीका धन्धुकारी हर्कत रोक्न संसद अधिवेशन र महाअभियोग तर्फ लाग्नुपर्ने बताएका हुन् ।

मंगलबार प्रधानमन्त्री ओलीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेपछि यसको चौतर्फी विरोध भइरहेका बेला बाबुरामको यस्तो धारणा आएको हो । सामाजिक सञ्जाल ट्वीटरमा सक्रिय बाबुरामले महाभारतको कथामा दुर्योधनहरुले द्रौपदीको चिरहरण गर्दा भीष्महरु मौन बसेको प्रसंगलाई जोड्दै यस्तो बताएका हुन् । उनले ओलीले संविधान र लोकतन्त्रको हुर्मत लिइरहँदा चुप बस्नु नहुनेमा जोड दिएका छन् ।

बाबुरामले ट्वीटरमा लेखेका छन्- ‘महाभारतका दुर्योधनहरूले द्रौपदीको चीरहरण गरिरहदा भीष्महरू मौन बसेझैं ओलीले संविधान र लोकतन्त्रको हुर्मत लिइरहॅदा सत्तापक्षभित्रका र विपक्षका नेताहरू वैठकरवक्तब्यवाजीरगनगन गरेर मात्र बस्ने हो कि बेलैमा प्रम र रापका थप धुन्धुकारी हर्कत रोक्न संसद अधिवेशन र महाभियोग तर्फ लाग्ने हो ?’

प्रतिक्रिया