काठमाडाैंमा भाजपा नेताको राजनीतिक भेटघाट तीव्र, क-कसलाई भेटे ?

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाईवा र सत्तारूढ नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङबीच भेटवार्ता भएकाे छ ।

सत्तारुढ नेकपाका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलको निमन्त्रणामा नेपाल आएका चौथाइवाले बिहीबार बिहान नेता नेम्वाङसँग उनकै निवासमा भेटवार्ता गरेका हुन् । उक्त भेटमा नेकपा र भाजपाबीच भाइचारा सम्बन्ध विस्तार गर्नेबारे छलफल भएको जनाइएकाे छ ।

भारतीय नेता चौथाईवाले हिजाे प्रधानमन्त्री केपी शर्मा ओली, महासचिव विष्णु पाैडेल ग भेटवार्ता गरेका थिए । त्यस्तै आजै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग पनि उनले भेटवार्ता गरेका थिए । नेकपा विवादका बिच भारतीय नेताकाे भ्रमण निकै अर्थपूर्ण रूपमा हेरिएकाे छ । यद्यपी उनीहरूबीच नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउने र जनस्तरसम्मको सम्बन्धलाई के कसरी थप सुमधुर बनाउन सकिन्छ भन्ने विषयमै केन्द्रित रहेर कुराकानी भएकाे बताइएकाे छ ।

यसअघि भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्त गोयल र भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणेले नेपाल भ्रमण गरेका थिए । केहि सातापछि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली पनि भारत भ्रमण जाने बताइएको छ ।

प्रतिक्रिया