‘द स्ट्रिङ्स’को पहिलो सिजनको ऐतिहासिक विजयी शिवानी श्रेष्ठ

कठमाडौं । रेट्रो अङ्ग्रेजी साङ्गीतिक प्रतियोगिता ‘द स्ट्रिङ्स’ प्रतियोगिताका विजयीको नाम घोषणा गरिएको छ । मङ्गलवार उक्त प्रतियोगिताको विजयी घोषणा गरिएको थियो ।

कार्यक्रमको ग्रान्ड फिनाले बुधवार साँझ साढे आठ बजे डिस होमको रियालिटी टिभी मार्फत गरिएको थियो । उक्त कार्यक्रमको निर्णायक मण्डलमा निर्वाण चौधरी, यलिया कोइराला, पेम्बा लेप्चा र सोना अमात्य थिए । कार्यक्रमको होस्ट विवेक सिंह थिए । दर्शकहरूको भोटको आधारमा विजेता छनोट गरिएको थियो ।

‘द स्ट्रिङ्स;’को पहिलो सिजनको ऐतिहासिक विजयी शिवानी श्रेष्ठ भइन् । उनले ट्रोफि र नाम दुवै हासिल गरिन् । प्रतियोगिताको दोस्रो स्थान तुशिता मास्के र स्वर्णिम श्रेष्ठले तेस्रो स्थान हासिल गर्न सफल भए ।

पहिलो विजेता नगद १ लाख, २ रात/३ दिनको होटेल रेनफोरेस्ट, सौराहा, चितवनमा स्टे, दोस्रो विजेताले नगद ५० हजार र २ रात/ ३ दिनको होटेल पार्कल्याण्ड, सौराहा, चितवनमा स्टे र तेस्रो विजेताले नगद २५ हजार र चन्द्रागिरी हिल्स रिसोर्ट, चन्द्रागिरीमा २ रात/३ दिनको स्टे प्राप्त गरेका छन्। यस बाहेक डीसहोमको वार्षिक जडान र अन्य आकर्षक उपहारहरू समेत विजयी प्रतियोगीहरूले प्राप्त गरेका छन्।

कार्यक्रममा पेम्बा लेप्चा र भूषण श्रेष्ठको विशेष प्रस्तुतिले दर्शकहरूलाई पुराना यादहरूसँग जोडेको थियो। पुराना रेट्रो गीतहरूको प्रस्तुति वास्तवमै जादुमय थियो।

प्रतिक्रिया