अभिनेता–बीजेपी सांसद सन्नी देओल कोरोना संक्रमित

एजेन्सी । फिल्म अभिनेता एवम् भारतीय जनता पार्टी बीजेपी गुरदासपुरका सांसद सन्नी देओललाई काेराेना पुष्टि भएकाे छ । हिमाचल प्रदेशको स्वास्थ्य सचिवले सन्नीलाई मंगलबार कोरोना पुष्टि भएकाे जानकारी दिएका हुन् ।

हिमाचल प्रदेश स्वास्थ्य सचिव अमिताभ अवस्थीका अनुसार अभिनेताबाट राजनीतिज्ञ बनेका सन्नी विगत केही दिनदेखि कुल्लुमा बसिरहेका थिए । कुल्लुका प्रमुख मेडिकल अफिसरले दिएको जानकारी अनुसार सन्नी र उनका साथीहरू मुम्बई प्रस्थान गर्ने योजना गरिरहेका थिए । यद्यपि, सन्नीलाई मंगलबार कोरोना भाइरस संक्रमण भयो ।

६४ बर्षे बलिउड अभिनेता सन्नीको भर्खरै मात्र मुम्बईमा कन्धनको शल्यक्रिया भएको थियो ।

प्रतिक्रिया