आज आदित्य र श्वेता बिवाह बन्धनमा बाधिँदै

एजेन्सी । इन्डियन आइडल १२ का होस्ट एंव गायक आदित्य नारायण झा आज बिवाह बन्धनमा बाधिँदै छन् । बिगत लामो समयदेखि प्रेम सम्बन्धमा रहेरका आदित्यले प्रेमीका श्वेता अग्रवालसँग बिवाह गर्न लागेका हुन् ।

आदित्य र श्वेताले साधारण तरिकाले विवाह गर्ने निर्णय गरेका छन् । दुबैको आज मन्दिरमा विवाह हुँदैछ । उनिहरुको बिवाहमा ५० जना मात्र सहभागी हुने छन् । तर, आदित्यले २ डिसेम्बरमा भने बिवाहको भव्य पार्टि गर्ने भएका छन् । जसमा धेरै प्रख्यात फिल्म स्टारहरुकाे पनि उपस्थिति रहने छ ।

प्रतिक्रिया