माेटरसाइकल दुर्घटनामा नेकपा नेताकाे मृत्यु
२०७७ मंसिर १५ गते

काठमाडौं । गएराति माेटरसाइकल दुर्घटना हुँदा सत्तारूढ नेकपाका नेता रामबहादुर तामाङकाे मृत्यु भएकाे छ ।
नुवाकाेटकाे तारकेश्वर गाउँपालिका-६ मा बा२७ प ८६५८ मोटरसाइकलमा दुर्घटना हुँदा नेता तामाङकाे मृत्यु भएकाे हाे ।
तारेकश्वर गाउँपालिका-१ दाङसिङबाट आफ्नो घर डाँडाखर्कतर्फ फर्कने क्रममा छागेखोला भन्ने ठाउँमा माेटरसाइकल सडक छेउमै अड्किएको भएपनि नेता तामाङ भिरबाट अढाई किलोमिटर तल खसेका थिए । उनकाे घटनास्थलमै मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।
तामाङ वि.सं. २०७४ वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा तारकेश्वर गाउँपालिका–६ मा साविक नेकपा एमालेबाट वडाध्यक्ष पदमा प्रतिस्पर्धामा रहेका थिए । पार्टी एकतापश्चात् उनी नेकपाको स्थानीय नेताको रूपमा राजनीतिमा सक्रिय थिए ।
२०७७ मंसिर १५ गते
प्रतिक्रिया








