‘आदिपुरुष’मा सिताको भूमिकामा कृति

एजेन्सी । सुपरस्टार प्रभासले अगस्टमा आफ्नो नयाँ चलचित्र ‘आदिपुरुष’ को पोस्टर फ्यानहरु माझ शेयर गरेका थिए । सो चलचित्रमा उनी रामको पात्रको भूमिकामा देखिँदैछन् । यसपछि, बलिउड अभिनेता सैफ अली खान पनि यस चलचित्रमा जोडिएका छन् ।

उक्त चलचित्रमा सैफ अलि खान रावणको भूमिकामा खेल्दै छन् । सैफको चरित्रको नाम लंकेश हुनेछ । तर चलचित्रमा सिताको भूमिकाको लागि यस अघि थुर्पै नामहरु बाहिर आएका थिए ।

तर अहिले तर निर्माताहरूले कृति सेननलाई सिताको भूमिकाको लागि उनलाई छनोट गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । सो चलचिको छायाँकन भने जनवरीदेखि शुरू हुने छ ।

प्रतिक्रिया