कश्मिर गोली हानाहानमा भारतीय सेनाका नेपाली युवा मारिए

काठमाडौं । जम्मु-कश्मीर भएको गोली हानाहानमा भारतीय सेनामा कार्यरत एक नेपालीको मृत्यु भएको छ । भारतको सीमा सुरक्षामा खटिँदा दाङको तुलसीपुर–९ बेलुवाका नायक ३० वर्षीय प्रेमबहादुर खत्रीको जयान गएको हो ।

रजौरी जिल्लाको सुन्दरबनी सेक्टरमा गोली लागेर सेनाका नायक खत्री र राइफलम्यान सुखवीर सिंहको मृत्यु भएको हो । पाकिस्तानतर्फबाट चलेको गोली लागेर गम्भीर घाइते दुवैको मृत्यु भएको भारतीय रक्षा मन्त्रालयले जनाएको छ । कश्मिरबाट शनिबार बिहान लखनउ आइपुग्ने छोराको शव लिन पिता लालबहादुर शुक्रबारै त्यसर्फ गएको बेलुवा प्रहरी चौकीका इन्चार्ज असई प्रदीप खड्काले जानकारी दिएका छन् ।

प्रेमका भाइ लोकराज चार वर्षदेखि अमेरिकामा छन् । उनी भने भारतीय सेनाका भुपु सुबेदार पिताकै पथ पछ्याएर १३ वर्षअघि भर्ती भएका थिए । घरमा आमाबुबा, श्रीमती, ७ वर्षीय छोरी र ५ वर्षीय छोरा छन् ।

प्रतिक्रिया