भारती र उनका पति हर्षलाई जमानतमा छाेडिने

एजेन्सी । एनडीपीएस अदालतले भारतिय हाँस्य कलाकार भारती सिंह र उनका पति हर्ष लिम्बाचियालाई जमानतमा छाड्न अनुमति दिएको छ । शनिबार लागुपदार्थ प्रकरणमा पक्राउ परेका उनीहरूकाे मुद्दामा केही समयअघि भएको सुनुवाई गर्दै यस्ताे अनुमति दिएकाे हाे ।

नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले आइतबार हर्ष र शनिबार भारतिलाई पक्राउ गरेकाे थियाे । आइतबारको सुनुवाईपछि भारतीलाई भायखला जेलमा लगिएको थियो । जहाँ उनी ४ डिसेम्बरसम्म रहने र त्यतिन्जेलसम्म  उनका पति हर्ष तलोजा जेलमै बस्नुपर्ने भनिएकाे थियो ।

तर अदालतले अहिले गरेकाे निर्णयपछि उनिहरू दुबै आफ्नो घर जान पाउने भारतिय सञ्चार माध्यमहरूले जनाएका छन् । अहिले एनसीबी अर्डर पेपर्स पर्खिरहेको छ । त्यसपछि मात्र उनिहरु घर जान पाउने छन् ।

केहि दिनअघि एनसिबीले उनीहरूको घर तथा कार्यालयबाट ८६.५ ग्राम गाँजा बरामद गरेको थियो । उनिहरु दुबैले आफूहरूले गाँजा सेवन गर्ने गरेको समेत स्वीकार गरिसकेका छन् ।

प्रतिक्रिया