भारतमा बन्दैछ कोरोना भ्याक्सिन, स्वास्थ्यमन्त्री आफैँले लिँदैछन् खाेप

नयाँ दिल्ली । हरियाणाका स्वास्थ्यमन्त्री अनिल विज यादवले आज कोरोनाको एक सम्भावित भ्याक्सिन कोभ्याक्सिनको खोप लिँदैछन् । उनले स्वयम् भारतमा बनाइँदै गरेको उक्त खोपको सबैभन्दा पहिले आफूले परीक्षण गर्ने बताएका थिए ।

६७ वर्षीय भाजपा नेताले अम्बालाको सिभिल अस्पतालमा आज (शुक्रबार) उक्त खोप लगाउने जानकारी दिएका छन् ।

उनले ट्विटरमा लेखेका छन्, ‘शुक्रबार बिहान ११ बजे मलाई सिभिल अस्पताल, अम्बाला क्यान्टमा स्वास्थ्य विभागको विशेषज्ञ टोलीले भरत बायोटेकको कोरोना भ्याक्सिन कोभाक्सिनको ट्रायल डोज दिइनेछ ।’

उनले थप लेखेका छन्, ‘मैले यस खोपको परीक्षण खुराक लिन स्वेच्छाले काम गरेँ ।’ अम्बाला क्यान्टका विधायक अनिल विजले बुधबार भनेका थिए कि हरियाणामा कोभिसिन ट्रायलको तेस्रो चरण नोभेम्बर २० बाट सुरु हुनेछ।

के हाे कोभाक्सिन खोप ?

भारतमा कोभ्याक्सिन खोप बनाउने प्रयास भइरहेको छ । भारत मेडिकल रिसर्च (आईसीएमआर) को सहयोगमा भारत बायोटेक नामको कम्पनीको सहयोगमा यो बनाउने प्रयास भइरहेकाे हाे । कम्पनीले पछिल्लो हप्ता पहिलो र दोस्रो चरणको परीक्षणहरूको विश्लेषण पूरा भइसकेकाे बताएकाे थियाे । अब उसले ट्रायलको तेस्रो चरण सुरू गरिरहेकाे बताएकाे छ ।

कम्पनीले यस हप्ता भने कि परीक्षणको तेस्रो चरणमा देशकाे २५ केन्द्रमा २६ हजार स्वयमसेवकहरूलाई यसकाे ट्रायल खाेप लगाइनेछ । यो भारतमा बनेकाे काेभिड भ्याक्सिनकाे सबैभन्दा ठुलाे ट्रायल हाे । अनिल विजले यो भन्दा पहिले भनेका थिए कि मानिसमा कोभक्सिनको परीक्षण जुलाईमा रोहतकको पीजीआई अस्पतालमा शुरू भएको थियो ।

अर्काे वर्ष आउन सक्छ खाेप

केन्द्रीय स्वास्थ्य मन्त्री हर्ष वर्धनले यो खोप २०२१ को सुरूवाती २-३ महिनामा भ्याक्सिन बाँड्न सुरू हुने बताएका छन् । साथै उनले अगष्ट-सेप्टेम्बरसम्म ३० कराेड मानिसहरूलाई भ्याक्सिन दिन सकिने पनि बताए ।

प्रतिक्रिया