सुत्ने बेला सिरानीमुनी तुलसीको पात राख्दा के फाइदा हुन्छ ?

काठमाडौ । तुलसी एउटा विरुवा मात्र होइन यसको वहुउपयोगी गुण छ । औषधीय गुणका रुपमा तुलसी जति महत्वपूर्ण छ धार्मीक रुपमा पनि हिन्दु धर्ममा निकै पवित्र मानिन्छ । हिन्दु धर्ममा तुलसी बिना धर्म संस्कार पनि पुरा हुँदैन ।

विज्ञानले समेत तुलसीको फाइदाका बारेमा धेरै कुराहरु पुष्टि गरिसकेको छ । तुलसी धेरै रोगको औषधीका रुपमा पनि प्रयोग गरिन्छ । तुलसीले चिसो, रुघा खोकी र सास सम्बन्धि राेग लगायतमा औषधीका रुपमा प्रयोग गरिन्छ ।

कोरोनाको समयमा अहिले नेपालीको धेरै जसो भान्छामा तुलसीको पात प्रयोग हुने गरेको छ । औषधीको गुणले भरपूर्ण तुलसीको पात राखेर पकाएको पानी खाँदा पनि रुघा खोकी लगायत समस्या समाधान हुन्छ ।

शरद ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महाऔषधि मानिन्छ । यी बाहेक अन्य पनि धेरै छन् तुलसीका फाइदाहरु रहेका छन् । राति सुत्ने समयमा सिरानी मुनि तुलसीको पाँच पात राखेमा तपाइँको जीवनमा धेरै परिर्वतन आउन सक्ने धर्मशास्त्रीहरु बताउँछन् ।

रातको समय सिरानी मुनि राखेका तुलसीका पाँच पातले दिनभरको तनावलाई हटाउनेछ । यसको साथै दिमागले पनि शान्त भएर काम गर्ने विश्वास गरिन्छ ।

यस्तो गर्दा तपाइँभित्र भएको नकारात्मक शक्ति हटाउँनेछ र व्यापारमा पनि धेरै बढोत्तरीव हुने विश्वास गरिन्छ । तुलसीको पातले छाला सम्बन्धि समस्या पनि कम गर्छ । अनुहारमा भएको खिल निकालेर धेरै चमक दिन्छ । तुलसीको पात चपाएर सुत्दा स्वासमा सुगन्ध फैलन्छ । मुखको दुर्गन्घ हराउने छ ।

तुलसीको फुल र पातले महिलालाई हुने महिनावारी गडबडीको समस्या पनि हटाउँछ ।

प्रतिक्रिया