अश्‍लील भिडियो खिचेको आरोपमा अभिनेत्री पूनम पाण्डे गिरफ्तार

एजेन्सी । बलिउड अभिनेत्री पूनम पाण्डेलाई गोवा पुलिसले पक्राउ गरेको छ ।

पाण्डेलाई सरकारी सम्पत्तिमा अनधिकृत प्रवेश गरेको र अश्‍लील भिडियो खिचेकाे आरोपमा प्रहरीले पक्राउ गरेको हो । दक्षिण गोवा जिल्लाको कोन्कोना शहरका नागरिकले सुटिङमा सरकारी मेसिनरीको दुरुपयोग गरेको आरोप लगाएका थिए ।

उत्तर गोवाको सिंक्रीमको पाँचतारे होटलमा बस्ने पाण्डेलाई बिहीबार दिउँसो पुलिसको पक्राउ गरी कनाकोना प्रहरीको जिम्मा लगाएको छ । बिहीबार क्यानकोका बासिन्दाले उक्त अभिनेत्री सुटिङमा समाबेश भएका व्यक्तीलाई कथित रूपमा सुरक्षा प्रदान गरेका प्रहरी अधिकारीहरू विरुद्ध कारबाहीको माग गर्दै शहर बन्द गर्न आह्वान गरेका थिए ।

अहिले यो विषयमा अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया