आत्महत्या गर्न बाध्य पारेको आरोपमा पत्रकार गाेस्वामी पक्राउ

एजेन्सी । भारतीय टेलिभिजन च्यानल रिपब्लिक टिभीका प्रधान सम्पादक अर्नब गोस्वामीलाई प्रहरीले बुधबार(आज) पक्राउ गरेको छ ।

अलीबागका ५३ वर्षीय इन्टेरियर डिजाइनरलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको भारतीय सञ्चार माध्मले जनाएको छ ।

भारतिय सञ्चार माध्यमका अनुसार अर्नब लगायत अन्य दुई जनाले ५३ वर्षीय नाइकको बाँकी पैसा नदिएपछि ५३ वर्षीय नाइकसहित उनकी आमाले आत्महत्या गरेको र गृहमन्त्री अनिल देशमुखले मृतक नाइक अन्वयकी छोरी आज्ञा नाइकले बाँकी पैसा नदिएको बारेमा जाँच नभएको दाबी गर्दै आएको बताएको छ ।

अन्वय नाइकले आत्महत्या गर्नुपुर्व एउटा चिठि लेखेका थिए । जसमा आफूले पाउनुपर्ने ५.४० करोड भारू नपाएपछि आत्महत्या गर्न बाध्य भएको उल्लेख गरेका थिए।

प्रतिक्रिया