इच्छाधारी नागिन बन्दै अभिनेत्री श्रद्धा

एजेन्सी । श्रद्धा कपुर बलिउडकी एक बोल्ड, ग्ल्यामर अभिनेत्रीका कारण चर्चामा रहने गर्दछिन् । श्रद्धालाई नागिनको अवतारमा देख्न सकिने भएको छ ।

सो कुराको जानकारी उनी आफैले सामाजिक सञ्जाल मार्फत दिएकी हुन् । श्रद्धाले चलचित्र ‘नागिन’मा नागिनको भूमिका निर्वाह गर्न लागेकी छिन् । तीन वटा सिरिजमा निर्माण हुन लागेको सो चलचित्रमा श्रद्धा श्रीदेवी झै इच्छाधारी नागिनको भूमिकामा देखिन लागेकी हुन् । सो चलचित्रलाई विशाल फुरियाले निर्देशन गर्ने भएका छन् भने, निखिल द्विवेदीले निर्माण गर्न लागेका हुन् ।

श्रद्धाले इन्स्टाग्राम लेखेकी छिन्–‘मेरो लागि पर्दामा एक नागिनको भूमिका निर्वाह गर्नु धेरै खुसीको कुरो हो । म श्रीदेवी म्यामको नागिन भूमिका र आँखाको फ्यान हुँ र त्यो हेर्दै ठुली भएकी हूँ । म सधै यस्तो भूमिकामा देखिन चाहन्थे । जसमा भारतीय लोक कथा जोडिएको हुन्छ ।’

 

प्रतिक्रिया