यस्तो रह्यो कलाकारहरुको “दसैं”

एन्जिला क्षेत्री

काठमाडौं । आज नेपालीहरुको महान पर्व बिजया दशमी(दसैं)को दिन । आफ्ना मान्यजनहरुबाट आशिर्वाद लिने टिका दक्षिणा थाप्ने रमाइलो गर्ने दिन पनि हो । आजको दिन मनमा भएका दुःखहरुलाई पन्छाएर रमाइलो गरिन्छ । उसो त सधैको दसैं भन्दा यो सालको दसैं अलि फरक पनि भएको छ ।
विश्वव्यापि रुपमा फैलिएको कोरोना भाइरसका कारणले गर्दा खासै दसैंको महसुश नगरेको पाइन्छ । कोभिडको कारणले गर्दा अहिले धेरैले आफ्ना मान्यजनहरुसँग आशिर्वाद र टिका भने थाप्न पाएनन् । यो सालको दसैंमा खासै रौनक भने छाएन ।

आज सर्वसाधारणदेखि कलाकार, राजनीतिज्ञहरु लगायतले आफ्नो परिवारसँग बसेर टिका लगाएका छन् । अहिलेको यो बिषम परिस्थितिलाई मध्यनजर गर्दै कलाकारहरुले आफ्नो घरभित्रै बसी टिका लगाएका हुन् । नेपाली चलचित्रका कलाकारहरुले यो पटकको दसैं जो जहाँ छन् त्यहि खुःसी साटेर मनाइरहेको देख्न सकिन्छ ।

आजको दिनदेखि पुर्णिमासम्म मान्यजनहरुबाट टिका जमरा लगाउने प्रचलन सदियौदेखि चलिआएता पनि यस पटकको दसैंमा भने कोरोनाको कारण अरुको घरमा पनि नजाने र आफु कहाँ पनि कसैलाई नआइदिन अनुरोध गरेको कलाकार भुवन चन्द बताउँछिन् ।भुवन भन्छिन्–‘ यो पटकको दसैं त जिन्दगीभर पनि भुल्दैन ।

छोराछोरी पनि अमेरीकामा छन् । आउँन पाएनन् । घरमै बसेर बुढाबुढीले अर्काकालाई टिका लगाइदियौं । हामी पनि कसैकोमा जादैनौं र अरुलाई पनि नआइदिन भनेका छौं । किनकी हामी बुढाबुढीको उमेर पनि भैसक्यो । अहिलेको समय पनि ठिक छैन् ।’

त्यस्तै अहिलेका युवा नायक अनमोल केसीले आफ्नो परिवारसँग बसि टिका लगाएका छन् । अनमोलले टिका लगाउने क्रममा मास्क लगाएको देख्न सकिन्छ ।

 

 

यस्तै, हाँस्य कलाकार हरिवंश आचार्य,दीपकराज गिरी,जितु नेपाल, सदाबाहार अभिनेत्री करिष्मा मानन्धर, भुवन चन्द, दीपा श्री निरौला, रेखा थापा, आचल शर्मा, नायक आकाश श्रेष्ठ, पल शाह, प्रदीप खड्का, नाजिर हुसेन र संगीतकार अर्जुन पोखरेल लगायतले पनि दसैंको टिका लगाएको तस्वीर सामाजिक संजालमा शेयर गरेका छन् ।

                    

                               

                           

दीपकराज गिरीले भनेका छन्–‘चालिस जनाको परिवार यो पटक परिस्थितीले पाँच जना बनायो । संख्या कम भयो होला तर आशिर्वाद कम भएन् ।’

त्यस्तै हाँस्य कलाकार हरिवंश आचार्यले पनि घरमै बसेर घर परिवारले मात्र टिका लगाएको बताए । भन्छन्–‘हामी पनि कसैको घरमा जादैनौं अरुलाई पनि नआउनुस भनेका छौं ।’

कलाकारीतामा एक समय एक छत्र राज गरेकी सबैकी प्रिय कलाकार मिथिला शर्माले पनि आफ्नो घर परिवारहरुले मात्र टिका लगाएको बताइन् । भन्छिन–‘दसैं राम्रै भयो ।

घर परिवारले मात्र टिका लगाएर आशिर्वाद लियौं, दियौं । म चाहि दिदिको हातबाट टिका लगाउँन गएं । अरु कोहि पनि आउने जाने भएन । हामीले आफन्तहरुसँग फोनबाटै आशिर्वाद, शुभकामना लियौं दियौं।नत्र भने मेरो घरमा सधै ठुलो पाटि हुन्थ्यो । यसपालि गरिएन । किनकी अहिलेको परिस्थितीमा हामी जिम्मेवार बन्नु पर्छ । हामी नै जिम्मेवार भएनौं भने भोली त्यसले हामीलाई नै हानी नोक्सानी पुर्याउँछ ।’

सधै हर्ष उल्लास र उमङ्ग सहित आगमन हुने दसैं यो पटक भने सुनसान भयो । खासै न कसैको मनमा खुःसी र उमङग नै छायो ।

प्रतिक्रिया