अभिनेता संजयले जिते क्यान्सर

एजेन्सी । बलिउड अभिनेता संजय दत्तको क्यान्सर निको भएको छ ।

उनकाे क्यान्सर निकाे भएकाे भारतिय सञ्चार माध्यमले जानाएकाे छ । कोकिलाबेन अस्पतालको सूत्रले पनि यो कुरा पुष्टि गरेको छ ।

६१ वर्षका संजयको सोमबार पोजिट्रान एमिसन टोमोग्राफी (पीटीइ) रिपोर्टै आएको थियो । यो रिपोर्टमा उनी क्यान्सरमुक्त भएकाे पाइएकाे छ । पीटीइ स्क्यान क्यान्सरको सबैभन्दा विश्वासिलो जाँच मानिन्छ । यसमा पीडिको क्यान्सर सेल्सको स्थितिबारे थाहा हुन्छ ।

केही दिनअघि संजयले एक भिडियो जारी गर्दै पहिलो पटक सार्वजनिक रुपमा आफ्नो रोगबारे कुरा गरेका थिए । । उनले भिडियोमा आफूले क्यान्सरलाई जित्ने बताएका थिए ।

प्रतिक्रिया