अजय देवगणका भाई अनिलको निधन

एजेन्सी । बलिउड चलचित्रका निर्देशक अनिल देवगणको निधन भएको छ ।

४५ वर्षीय अनिलको हृदयघातका कारण गयराति (सोमबार) निधन भएको हो । अनिलले ‘राजु चाचा’, ‘ब्ल्याकमेल’ र ‘हाल–ए–दिल’ जस्ता चलचित्रको निर्देशन गरेका थिए । बलिउड अभिनेता अजय देवगणको पहिलो चलचित्र ‘फूल और काँटें’बाट सहायक निर्देशकका रुपमा काम गर्न थालेका अनिलले ‘सन अफ सरदार’ चलचित्रमा रचनात्मक निर्देशन गरेका थिए ।

अजय अभिनित ‘जान’, ‘इतिहास’ र ‘प्यार तो होना हि था’ मा पनि सहायक निर्देशका रुपमा काम गरेका थिए । अभिनेता अजयले एक ट्विट गर्दै आफ्ना भाइ अनिलको गत राति निधन भएको बताएका छन् । अजयले लेखेका छन्–‘ हिजो राती मैले मेरो भाई अनिल देवगणलाई गुमाएँ । हाम्रो पूरै परिवार अचानक टुक्रिएको छ । उनको आत्माको शान्तिको लागि प्रार्थना गर्छु ।’

प्रतिक्रिया