स्वास्थ्य मन्त्रालयले भन्यो : ‘यस वर्ष आफु जहाँ छौं, त्यही बसेर दशैं मनाऊ’

काठमाडौं । कोरोना भाइरस फैलिन नदिन यस वर्षको दशैंमा घर जान नपाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ईन्सिडेन्ट कमाण्ड सिस्टमले यो वर्ष यथास्थानमै बसेर दशैं मनाउन बताएसँगै घर जान नपाइने भएको हो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको संयोजकत्वमा आज बसेको बैठकले जहाँ छौं त्यहीँ दशैं मनाउने र त्यहीअनुसार व्यवस्था गर्ने निर्णय गरेको हो ।

गाउँमा जाँदा कोरोना फैलने डरले मन्त्रालयले आफू बसेकै स्थानमा दशैं मनाउन भनेको हो । दिनप्रतिदिन कोरोना संक्रमितको संस्या वृद्धि भएकाले यथास्थानमै दशैं मनाउन अनुरोध गरेको हो ।

 

प्रतिक्रिया