प्रदेश नं. ५ को राजधानी : नेतृत्वमा फाटो, जहाँ राखे पनि घाँडो

काठमाडौं । केही प्रदेशहरुले अझैसम्म आफ्नो राजधानी र नामको टुङ्गो लगाउन सकेका छैनन् । आफैँले मात्रै प्रदेशको नाम र राजधानी टुङ्गो लगाउन नसकेपछि नेतृत्वको साथ मागेका मुख्यमन्त्री तथा प्रदेश सांसदहरुलाई पनि यतिबेला गाह्रै छ ।

प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले शीर्ष नेतृत्वसँग सल्लाह गरेरै नाम बागमती र स्थायी राजधानी हेटौंडा कायम गरे । सोहीअनुरुप प्रदेश सभाबाट सहज रुपमै पास पनि भयो ।

प्रदेश नं. ३ कै नजिरअनुसार प्रदेश नं. ५ को सन्दर्भमा पनि उसै गर्न खोजियो । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’कै सहमतिमा प्रदेश नं. ५ को राजधानी दाङको भालुवाङ राख्ने प्रस्ताव प्रदेश सरकारसमक्ष पठाइयो ।

तत्पश्चात्, प्रदेश सभाको गत शुक्रबारको बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले प्रस्तावसमेत ‘टेबूल’ गरे । तर, त्यसपछि बुटवलसहितका आसपासका क्षेत्रमा विरोध प्रदर्शन भइरहेका छन् ।

प्रधानमन्त्री ओलीका विश्वासपात्र शंकर पोखरेल मुख्यमन्त्री रहेको उक्त प्रदेशको राजधानी भालुवाङ बनाउने निर्णयविरुद्ध भएको प्रदर्शनका कारण यतिबेला कतिपय ठाउँमा कर्फ्यूसम्म लगाउनुपर्ने बाध्यता छ ।

‘जहाँ पनि विरोध’
प्रदेश नं. ५ को स्थायी राजधानीको विषय यस्तो हो, जुन जहाँ राखे पनि विरोध नै हुने । राजधानी बुटवल नै बनाएको भए पनि दाङसहितका आसपासका क्षेत्रका सर्वसाधारणहरुले निश्चयनै विरोध गर्ने थिए । अहिले दाङमा हुँदा बुटवलवासीसँगै आसपासका क्षेत्रका सर्वसाधारणहरु खह्रो विरोध जुटेका छन् ।

श्रोतः गूगल।

राजधानी दाङ ठीक हुन्छ कि बुटवल ? भन्ने प्रश्नको जवाफको स्वतन्त्र विश्लेषण भएको छैन । १२ जिल्ला अटाएको उक्त प्रदेशमा करिब ४९ हजार जनसंख्या छन् । नक्साद्वारा नक्सा अध्ययन गर्दा दाङको भालुवाङस्थित राप्ती उपत्यका नै सबैको लागि पायक पर्ने स्थान हो ।

‘नेकपाको ह्वीप’
प्रदेश नं. ५ नेकपा संसदीय दलले प्रदेश सरकारले प्रस्ताव गरेको स्थायी राजधानी र नामाकरणको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्वीप जारी गरिसकेको छ ।

सरकारले प्रदेशको स्थायी राजधानी दाङको देउखुरी क्षेत्र र नाम लुम्बिनी राख्न प्रदेश सभामा प्रस्ताव पेश गरेको छ । कसैले पनि संसदीय दलको ह्वीपको उल्लङ्घन गरेमा पार्टी विधानबमोजिम कारबाही गर्नेसमेत उनले चेतावनी दिइएको छ ।

‘दाङमा पूर्वाधार निरीक्षण’
दाङलाई प्रादेशिक राजधानीको रुपमा स्थापना गर्नको लागि त्यहाँ निरीक्षणसमेत भइसकेको छ । मध्यपश्चिमाञ्चल क्षे त्रीय प्रशासक एवं राजधानी पूर्वाधार अनुगमन समितिका संयोजक सुरे श प्रधान नेतृत्वको टोलीले जिल्लामा पूर्वाधारको अवस्था र संरचनाबारे अध्ययन निरीक्षण गरेको थियो ।

दाङमा केकस्ता संरचना एवं पूर्वाधार छन् ? भन्ने विषयमा अध्ययन गरी प्रतिवेदन बुझाइसकेको अवस्थामा बुटवलतिर सार्नु उचित नहुने कतिपयको तर्क छ ।

‘शीर्ष तहमै फाटो’
प्रदेश नं. ५ कै राजधानी तोक्ने विषयमा शीर्ष नेतृत्वमै पनि फाटो देखिएको छ । बुटवल राजधानी हुनुपर्छ भनेर अडान लिँदै आएका नेकपा महासचिव विष्णु पौडेल असन्तुष्ट बनेपछि आजको लागि तय भएको नेकपा सचिवालय बैठक स्थगित भएको छ ।

सचिवालय सदस्यसमेत रहेका पौडेलले प्रदेशको राजधानी तोक्ने विषयमा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आफूसँग परामर्श नगरेको भन्दै असन्तुष्ट बनेका हुन् ।

प्रधानमन्त्रीसमेत रहेका एक अध्यक्ष ओलीको राजदूत नियुक्तिलगायतका एकलौटी निर्णयबाट चिढिएका अर्का अध्यक्ष दाहालको जोडबलमा बोलाइएको बैठक अनिश्चितकालीन स्थगित भएपछि प्रचण्डको दुःखेको महासचिव पौडेलसँग पनि छ ।

यद्यपि पनि पौडेलको असन्तुष्टिले ओलीलाई भने बल पुगेको छ । सचिवालय बैठकमा आफू तल पर्ने भनेर के गरौं के गरौं भनेर आतिरहेका ओलीलाई पौडेलले सघाएजस्तो देखिएको छ ।

प्रतिक्रिया