गोविन्द केसीको समर्थनमा प्रदर्शन : स्वास्थ्य र शिक्षामा माफियातन्त्र बन्द गर
२०७७ असोज १७ गते

काठमाडौं । अनशनरत डा. गोविन्द केसीको समर्थनमा आज (शनिबार) पनि प्रदर्शन भएको छ ।
उनकाे स्वास्थ्य अवस्था गम्भीर बन्दा पनि सरकारले माग सम्बाेधनमा कुनै चासाे नदेखाएकाे भन्दै उनका समर्थकले काठमाडौंको माइतीघर मण्डलामा आज (शनिबार) पनि प्रदर्शन गरेका हुन् । माैन प्रदर्शनमा सहभागीहरूले ‘नेपाली जनता जिन्दावाद, भ्रष्टाचारी मुर्दावाद । स्वास्थ्य र शिक्षामा माफियातन्त्र बन्द गर । गोविन्द केसी जिन्दावाद । सत्याग्रही गोविन्द केसीको माग पुरा गर’ लगायत लेखिएको प्लेकार्ड बोकेका थिए ।
डा गोविन्द केसीले ६ बुँदे माग राखी १९ औं अनशन थालेको २० दिन पुरा भएको छ । जुम्लाबाट अनशन सुरू गरेका उनी हाल त्रिवि शिक्षण अस्पतालमा अनशनरत् छन् । उनकाे स्वास्थ्य थप जटिल बन्दै गएकाे उनका सहयाेगीहरू बताउँछन् ।
उनकाे समर्थनमा दैनिकजसाे प्रदर्शन हुने गरेकाे छ ।
२०७७ असोज १७ गते
प्रतिक्रिया
सम्बन्धित








